पर्वतमा पनि ग्याङ फाइट : १६ जना पक्राउ


प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार ०८:५७

पर्वत । कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री, कुश्मा–६ का अभिषेक पौडेल तथा वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

आपसी झडपमा घाइते भएका कुश्मा–५ का आस्विन क्षेत्री र कुश्मा–६ का आदित भण्डारीको जिल्ला अस्पतालमा उपचार गरिएको छ । कुटपिटमा संलग्न सबै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको रायमाझीले बताउनुभयो । रासस

कपनमा ग्याङ फाइटः एकजनाको मृत्यु, दुई पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस
कपडामा झुण्डिने र माग्नेले पर्यटक आजित

कास्की । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा

सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी

कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस

जानकी मन्दिरको सूचीकरणका लागि सीमाङ्कनको थालनी

जनकपुर । विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी

चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाउने गण्डकी प्रदेशको योजना

कास्की । गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशैँ तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार