‘साहो’लाई लाग्यो चोरीको आरोप

appharu
0
Shares

एजेन्सी । प्रभासको चलचित्र ‘साहो’ लाई चोरीको आरोप लागेको छ । बक्सअफिसमा निकै राम्रो व्यापार गरिरहेको चलचित्रले पहिलो दिन नै १ सय करोड माथिको व्यापार गरेको थियो भने तेस्रो दिनसम्ममा २ सय ९४ करोडको कमाइ गरेको छ ।

समीक्षात्मक रुपमा निकै कमजोर बनेको सहोलाई फ्रेन्च निर्देशक जेरोम सालले आफू निर्देशित ‘लार्गो विन्च’बाट ‘साहो’ चोरिएको आरोप लगाउनुभएको हो ।

ट्विट मार्फत चोरीको आरोप लगाउँदै निर्देशक जेरोमले साहो निर्देशक सुजिथलाई चोरी गर्दा ढंग पु-याएर चोरी गर्नसमेत सुझाव दिनुभएको छ ।

श्रद्धा कपुरको पनि मुख्य भूमिका रहेको चलचित्रको व्यापार राम्रो भए पनि छ । समिक्षकले चलचित्र बेकारको समेत भनेका छन् लेखेका छन् । चलचित्रमा प्रभासको फाइटबाहेक केही आकर्षण नभएको उनीहरुको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?