आउने भयो रसुवागढीको एक अर्ब बढीको साधारण शेयर

काठमाडौँ, २० पुस – नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ बोर्डले आज रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो । कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी रु एक अर्ब ६४ करोड २१ लाख ४ बराबरका एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो बोर्डका प्रवक्ता निरज गिरिले सबै कागजातको अध्ययनपछि रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमति दिइएको बताए । कम्पनी प्रमुख माधव कोइरालाले रसुवागढीले पहिलो चरणमा २४ प्रतिशत साधारण शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति प्राप्त भएको जानकारी दिए रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एसनआइबीएल क्यापिटल लिमिटेड रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?