सुर्खेतमा लिएर सुनियोजित रुपमा गौहत्या गरिएको कांग्रेस सांसदको आरोप

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले नेपालगञ्जबाट लगिएका गाई सुर्खेतमा मृत भेटिएको घटनालाई गौहत्या भन्दै घटनमा संलग्नलाई कारबाही गर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद डिला संग्रौला पन्तले गाईलाई सुनियोजित रुपमा भीरबाट खसालेर मारिएको भन्दै गौहत्या भएको आरोप लगाउनुभएको हो ।

पशु अधिकारको दृष्टिले पनि गौहत्या प्रकरण निन्दनीय भन्दै सांसद पन्तले सरकारले गठन गरेको छानबिन समिति के गर्दैछ भन्ने प्रश्न गर्नुभयो ।

सांसद पन्तले खोटाङको दिक्तेल नगरपालिकामा कुकुर मारिएको घटनाको पनि विरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?