निजी विद्यालयको संस्कृतमा मोह

काठमाडौँ, २० पुस – अंग्रेजी माध्यमलाई प्राथमिकता दिँदै आएका निजी विद्यालयले पछिल्लो समयमा संस्कृत विषय र भाषा पनि पढाउन थालेका छन् विद्यार्थीलाई बहुआयामिक बनाउन तथा नेपालको वैभब मानिने संस्कृत विषयको प्रवद्र्धन गर्न ती विद्यालयले संस्कृत पढाउन थालेका हुन् व्यावसायिकरुपमा संस्कृत विषय पढाउँदा प्रत्यक्ष लाभ नभए पनि निजी (संस्थागत) विद्यालयले गुरुकुलीय पद्धति हुँदै विकसित नेपाली शिक्षामा आफ्नो मूल्यवान् अस्तित्व देखाउन संस्कृत बचाऊको अभियानमा साथ दिएको देखिएको छ । जयतु संस्कृतम्, समज्ञा संस्कृत परिषद्लगायतको अभियान र पहलमा ती विद्यालयले संस्कृतलाई स्थान दिन थालेका हुन् शास्त्रीय (गुरुकूल) पद्धतिअन्तर्गतका वेद विद्याश्रम तथा संस्कृत माविजस्ता सरकारी विद्यालयले माध्यमिक तहसम्म संस्कृत विषय पढाउँछन् भने अन्य सामुदायिक र निजी विद्यालयमा यो विषयले खासै प्रश्रय पाएको छैन पाठ्यक्रम विकास केन्द्रले आधारभूत तहमा ऐच्छिक विषयका रुपमा राखी पाठ्यक्रम तयार गरी पाठ्यपुस्तक छाप्न दिँदै आएको छ । विसं २०५५ अघि निम्न माध्यमिक तहमा ५० पूर्णाङ्कको संस्कृत विषय अनिवार्य थियो संस्कृतका अभियानकर्मी तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभागका उपप्राध्यापक रोहिणी तिमल्सिनाका अनुसार पछिल्लो समयमा बागमती बोर्डिङ स्कुल सुकेधारा, एपेक्स स्कुल चाबहिल, डियरवाक सिफल, भद्रकुमारी घले स्कुल अनामनगर, घटराज भट्टराई मेमोरियल स्कुल कपन, पाणिनि स्कुल पेप्सीकोलालगायतले संस्कृत विषय समावेश गरेका छन् संस्कृत व्याकरणका अभियन्ता पाणिनिको नाममा स्थापित पाणिनि स्कुलमा समेत आंशिकरुपमा संस्कृत पढाउने तिमल्सिनाले जेम्स, लिटल एन्जेल्सजस्ता ठूला निजी विद्यालयमा पनि यो विषय समावेशका लागि प्रस्ताव गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?