१४ जेष्ठ २०८०, आईतवार

हिन्दु धर्मको रक्षाकै लागि पार्टी फुटायौं : डा लोहनी

२०७४,भाद्र,२७,मंगलवार ०५:१४

0
Shares

रुपन्देही,२७ भदौ ।एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दु धर्मको रक्षा आफ्नो पार्टीको पहिलो एजेन्डा भएको बताएका छन् । उनले हिन्दु धर्म र राजतन्त्रको मुद्दा छाडेका कारण कमल थापासँग पार्टी फुटाउनु परेको समेत बताए । हिन्दु धर्मले नेपाल राष्ट्रलाई एकजुट बनाएको बेला अन्य शक्तिको आडमा धर्मनिरपेक्षाता घोषणा गरेको भन्दै विश्वभरका हिन्दुहरुको आस्थाको केन्द्र बनाउने काम गर्नुपर्ने बताए । बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लोहोनीले कमल थापाले राजनीतिक मुद्दालाई मौसमअनुसार प्रयोग गरेको टिप्पणी समेत गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छुट्टिएर अर्को पार्टी गठन गरेका डा. लोहनीले राजनीतिक मूल्य र मान्यता छाडेकाले सँगै बस्न नसकेको वताए ।

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार ०५:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट परेको छ । आइतबार

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९