फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । मंगलबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको सुन आज एक हजारले बढेर ७३ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी प्रतितोला ९ सय ४० कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो डेढ महीनादेखि सुनको मुल्यमा निकै उतारचढावका हुँदै आएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढिरहेको कारण नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ ।

चीन–अमेरिका व्यापार टकराव तथा इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्यमा उतारचढाव देखिएपछि खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?