प्रियंकाले, निकको उमेर गलत लेखेपिछ ट्रोलको शिकार

appharu
0
Shares

एजेन्सी । नायिका प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राममा श्रीमान् निक जोनसको एउटा तस्विर सेयर गर्नुभयो । तस्विरसंगै लेखिएको निकको उमेर गलत भएपछि अहिले ट्रोलको सामना गर्नुपरेको छ ।

नायिकाले निकसँगको एउटा फोटो सेयर गर्दै टकिला ब्रान्ड भिल्ला भ्यानको लञ्चमा बधाई दिनुभयो । प्रियंकाले लेख्नु भएको छ, ‘तपाईंमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाईं आफ्नै टकिलाको मालिक हुनुहुन्छ ।’

पोस्ट हेरेपछि थुप्रै इन्स्टा प्रयोगकर्ताले प्रियंकालाई निकको उमेर २७ नभई २६ भएको याद दिलाए । एक प्रयोगकर्ताले लेखे, ‘उनी अहिले २६ वर्षमा छन्, २७ होइनन् ।’

अर्का प्रयोगकर्ताले लेखे, ‘तिमी उसको लायक नै छैनौं । तिमीलाइ उसको सही उमेर पनि थाहा छैन ।’

यस्तै, ‘जब तपाईंले उमेर भिन्नतालाई कम गर्ने कोसिस गरेपनि उनी २६ वर्षका हुन् ।’ स्मरण रहोस्, निकको जन्म १६ सेप्टेम्बर सन् १९९२ मा भएको थियो । यो हिसाबले उनी अहिले पनि २६ वर्षका छन् । लगायतका टिप्पणी गरेका छन् । ३७ वर्षकी प्रियंकाले डिसेम्बर २०१८ मा निकसँग विवाह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?