रानूकाे चर्चाबारे लताकाे प्रतिक्रिया ‘कसैकाे नक्कल दिर्घकालीन बन्न सक्दैन’

appharu
0
Shares

एजेन्सी । पछिल्लो समय निकै भाइरल बनेकी रानू मण्डलको स्वरलाई लता मंगेशकरको स्वरसंग दाजेर हेरियो ।

धेरैले उस्तै भएको प्रतिक्रिाय दिए । यस बारेको गायिका लताले अहिले आफ्नो प्रतिक्रिया दिनुभएको छ ।

हिन्दुस्तान टाइम्सले लतासँग मण्डलको चर्चा बारे गरेको कुराकानीमा उहाँले खुसी व्यक्त गर्नुभयो । ‘यदि मेरो नाम र कामले कसैलाई राम्रो भइरहेको छ भने म आफूले आफैंलाई निकै भाग्यमानी ठान्छु ।’ लताको भनाई थियो ।

तर नक्कल गरेर सधैंका लागि चर्चित बन्न नसकिँने उहाँको विश्वास छ । लताको भारतमा मात्रै नभई नेपालमा पनि चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?