आगामी तीन दिनको मौसम: मेघगर्जनसहित वर्षा (३ दिनको विवरणसहित)

appharu
0
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा मेघगर्जनसहित पानी र चट्याङको संभावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

आज बिहान दैनिक बुलेटिन जारी गर्दै महाशाखाले देशभरी सामान्य बदली र धेरै स्थानहरुमा मेघ गर्जनसहित चट्याचट्टयाङ पर्न सक्ने जनाएको हो । महाशाखाले देशका केहि स्थानमा भारी वर्षाको सम्भावना औल्याएको छ ।
यस्तो छ महाशाखाले जारी रेको बुलेटिन आगामी तीन दिनको मौसम
भदौ १८ गते बुधबार
दिउँसो : देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।

राति : देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पूर्वका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै देशभर थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ ।

भदौ १९ गते (बिहीबार)
दिउँसो स् देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमि पहाडी भेगका १–२ स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

भदौ २० गते (शुक्रबार)
दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमि पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ । – फाईल तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?