साम्राज्ञी र अंकितको ‘रातो टीका निधारमा’ ट्रेलर सार्वजनिक (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । असोज १० गते प्रदर्शन मिति तय गरेको चलचित्र ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका देख्न सकिन्छ । ट्रेलर अनुसार साम्राज्ञीले गाउँमै केही गर्न सकिन्छ भन्दै युवालाई चेतना जगाउन खोजेको बुझिन्छ भने अकिंतले गाउँमा भएका युवालाई फ्री भिसा फ्री टिकट भन्दै विदेश पठाएको अभिव्यक्त दर्साउनु भएको छ ।

चलचित्रको ट्रेलरमा बुद्धि तामाङ, बसुन्धरा भुसाल, नीता ढुंगाना, रविन्द्र झा, लक्ष्मी गिरी, अरुणा कार्की लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

अशोक शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा किरण शर्मा र कृति शर्माको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?