संन्तोष लामाको फेरी फेरी (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । गायक सन्तोष लामाको नयाँ गीत फेरी फेरी सार्वजनिक भएको छ ।

नेपाली गायन रियालिटी शो नेपाली ताराको दोस्रो सिजनका विजेता गायक लामाले नयाँ गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको हो ।

गीतमा संगीत समेत लामा आफैंले गर्नुभएको छ भने शब्द डिबी मोक्तानले लेख्नुभएको हो ।

प्रेमिकासँग छुटेपछिका प्रेमीका भावना समेटिएको गीतको म्युजिक भिडियो नवीन बाबु गुरुङले निर्देशन गर्नुभएको छ । सन्तोष लामा, रेखा लिम्बु, गौरव मोक्तानलगायतल गीतको भिडियोमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?