विद्युत प्राधिकरणमा जागिर लगाउने नाममा दश लाख झ्वाम

नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइदिने भनेर ठगी गर्दै आएका २ जनालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ३७ वर्षीय कानुन व्यबसायी जयप्रकाश दास र काठमाडौं नयाँबानेश्वर शान्तिनगर बस्ने सिराहाको भगवानपुर गाउँपालिका–२ का ४३ वर्षीय अशोककुमार मुखिया रहेका छन् नेपाल विद्युत प्राधिकरणमा सिनियर मिटररिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग जयप्रकाश र अशोकले आफुहरु श्रम मन्त्रालयको कर्मचारी भएको ,प्राधिकरणका जिएम लगायतका ठूला कर्मचारी चिनेको र केही खर्च गरे जागिर लगाइदिने भन्दै १० लाख रुपैयाँ ठगेको पाइएको छ उनिहरुले रुपैयाँ लिएर सम्पर्क विहिन भएपछि खोजतलासको क्रममा अशोकलाई पुस १७ गते काठमाडौं सिनामंगलबाट र जयप्रकाशलाई पुस १८ गते प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?