१० जेष्ठ २०७९, मंगलवार

विद्युत प्राधिकरणमा जागिर लगाउने नाममा दश लाख झ्वाम

२०७४,पुष,२०,बिहीवार ११:१३

0
Shares

नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइदिने भनेर ठगी गर्दै आएका २ जनालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ३७ वर्षीय कानुन व्यबसायी जयप्रकाश दास र काठमाडौं नयाँबानेश्वर शान्तिनगर बस्ने सिराहाको भगवानपुर गाउँपालिका–२ का ४३ वर्षीय अशोककुमार मुखिया रहेका छन् नेपाल विद्युत प्राधिकरणमा सिनियर मिटररिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग जयप्रकाश र अशोकले आफुहरु श्रम मन्त्रालयको कर्मचारी भएको ,प्राधिकरणका जिएम लगायतका ठूला कर्मचारी चिनेको र केही खर्च गरे जागिर लगाइदिने भन्दै १० लाख रुपैयाँ ठगेको पाइएको छ उनिहरुले रुपैयाँ लिएर सम्पर्क विहिन भएपछि खोजतलासको क्रममा अशोकलाई पुस १७ गते काठमाडौं सिनामंगलबाट र जयप्रकाशलाई पुस १८ गते प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ११:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्धा अनुसन्धानका लागि आवश्यक कानुन संशोधन

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित अन्यायमा परेको देखिने आधार रहेमा हदम्यादकै कारण न्यायबाट वञ्चित गरिनु अन्यायपूर्ण हुने

झापा । बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३