ओलम्पिक कमिटीको निर्वाचन रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ ।

एनओसीका सदस्य कमल बहादुर चित्रकारले ओलम्पिक कमिटीको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिटमा मंगलबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंक बहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

यस्तै अदालतले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

एनओसी निर्वाचन भदौ २० गतेका लागि तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?