प्रदेश १ लाई लोकसेवा आयोगका पदाधिकारी नियुक्ति गर्ने बाटो खुल्यो

विराटनगर । प्रदेश १ सरकारलाई प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुलेको छ । प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएसँगै सरकारका लागि आयोगका पदाधिकारी नियुक्ति गर्ने बाटो खुला भएको हो ।

प्रदेश–१ का प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले मंगलबार उक्त विधेयक प्रमाणिकरण गर्नुभएको हो ।

प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरेको जानकारी दिनुभयो ।

प्रदेश निजामती, प्रदेश प्रहरी, प्रदेश संगठित संस्था, प्रदेश अन्य सरकारी सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको विज्ञापन गरेर कर्मचारी पदपूर्ती गर्ने अधिकार प्रदेश लोकसेवा आयोगलाई छ ।

एक अध्यक्ष र दुई सदस्य रहने आयोगमा समावेशी सिद्धान्तका आधारमा पदाधिकारी चयन गरिनेछ । जसमा कम्तीमा एक महिला अनिवार्य राखिने विधेयकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?