राप्रपाको तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तेस्रो चरणको स्वाभिमान यात्रा अन्तर्गत तेस्रो चरणको कार्यक्रम हाललाई स्थगित भएको छ । वर्षाका कारण राजमार्गमा अवरोध देखिएको र साना, ठूला यातायातका साधनहरु सहज ढंगबाट आवागमन गर्न असहज भएको हुँदा उक्त कार्यक्रम हाललाई स्थगित गरिएको प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाले आगामी भाद्र २३ गते देखि २५ गतेसम्म सिन्धुलीबाट शुभारम्भ भई काभ्रेपलाञ्चोकमा समापन हुने गरी तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?