काठमाडौंमा २५ वर्षीय युवकको छुरा प्रहार गरि हत्या, ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको सितापाइलास्थित श्रवरणपुर चोकमा सोमबार राति २५ वर्षीय युवकको छुरा प्रहार गरि हत्या गरिएको छ । नागर्जुन-५ का २५ वर्षीय आकाश बस्नेतलाई हत्या गरिएको हो ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका हिमांशु क्षत्री, धादिङका साकार भनिने सागर तामाङ र दोलखाका सुवास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

बस्नेतसहित हत्या आरोपित सबैले मादक पदार्थ र लागूऔषध सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका मध्ये हिमांशुसँग सामान्य विषयमा भनाभन भइरहेका वेला साकार आएर छुरा प्रहार गरेको देखिएको छ । घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंकामा खोजी जारी राखिएको प्रहरीले जनाएको छ । मृतक बस्नेत वैदेशिक रोजगारीका क्रममा मलेसिया बसेर केहीअघि मात्रै स्वेदश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?