३ कार्तिक २०७८, बुधबार

हिन्दु धर्मको रक्षाकै लागि पार्टी फुटायौं : डा लोहनी

२०७४,भाद्र,२७,मंगलवार ०५:१४


रुपन्देही,२७ भदौ ।एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दु धर्मको रक्षा आफ्नो पार्टीको पहिलो एजेन्डा भएको बताएका छन् । उनले हिन्दु धर्म र राजतन्त्रको मुद्दा छाडेका कारण कमल थापासँग पार्टी फुटाउनु परेको समेत बताए । हिन्दु धर्मले नेपाल राष्ट्रलाई एकजुट बनाएको बेला अन्य शक्तिको आडमा धर्मनिरपेक्षाता घोषणा गरेको भन्दै विश्वभरका हिन्दुहरुको आस्थाको केन्द्र बनाउने काम गर्नुपर्ने बताए । बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लोहोनीले कमल थापाले राजनीतिक मुद्दालाई मौसमअनुसार प्रयोग गरेको टिप्पणी समेत गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छुट्टिएर अर्को पार्टी गठन गरेका डा. लोहनीले राजनीतिक मूल्य र मान्यता छाडेकाले सँगै बस्न नसकेको वताए ।

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार ०५:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गलकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गरेका छन्

काठमाडौं । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् । विश्व बैंक र

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनको मिति पाचौँ पटक सर्ने भएको छ । पहिलो पटक २०७७ फागनु ७ देखि १०,

काठमाडौं । सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार

ताजा समाचार