तीजका अवसरमा नुहाउन जाँदा बेपत्ता भएका ३ महिलामध्ये एक जनाको शव भेटियो

काठमाडौं । रुपन्देहीमा तीजका अवसरमा नुहाउन जाँदा बेपत्ता भएका ३ महिलामध्ये एक जनाको शव फेला परेको छ । सोमबार बिहान शुद्धोधन गाउँपालिका–६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउने क्रममा ३ जना बेपत्ता भएका थिए ।

बेपत्ता मध्ये १५ वर्षीय तारा कहारको शव नदी किनारमा फेला परेको प्रहरी प्रहरीले जनाएको छ । सोमबार बिहान नदीमा नुहाउन गएका स्थानीय १५ वर्षीय तारा कोहार, ८ वर्षीय खुब्बु रैदास र २५ वर्षीय तारामति बेपत्ता भएका थिए ।

बेपत्ता २ जनाको शव खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?