सँगै सुतिरहेका बावुछोराको धारिलो हतियार प्रहार गरी हत्या

काठमाडौँ । स्याङजामा बावुछोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । जिल्लाको हरिनास गाउँपालिमा सँँगै सुतिरहेका ३० वर्षीय चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय रिजन खड्काको सोमबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिनुभयाे ।

‘धारिलो हतियार प्रहार गरी हत्या भएको छ, हामी अहिले घटनास्थलमै छौँ, उहाँले भन्नुभयोे, ‘अनुसन्धान भइरहेको छ ।’

एउटै कोठाभित्र छुट्टै खाटमा सुतेकी चित्रबहादुरकी श्रीमती भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?