भारतले केन्याबाट गर्यो ७ नेपाली चेलीको उद्दार

काठमाडौं, २० पुस । भारतले केन्याबाट ७ नेपाली चेलीको उद्दार गरेको छ । भारतले केन्याबाट उसका नागरिकलाई उद्दार गर्ने क्रममा ७ नेपाली चेलीको पनि उद्दार गरेको छ । मानव तस्करीमा संलग्न गिरोहबाट बन्दी बनाइएको सूचनाका आधारमा भारतले केन्याली प्रहरीको सहायतामा उनीहरुको उद्दार गरेको हो । ७ नेपालीसहित ३ भारतीय महिलालाई मोम्बासा सहरमा बन्दी बनाइएको सूचनापछि भारतीय कुटनीतिज्ञको पहलमा केन्याली प्रहरीले उनीहरुको उद्दार गरेको हो । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले आफ्नो ट्वीटरमार्फत उद्दार गरिएको जानकारी दिएकी छन् । उनका अनुसार उद्धार गरिएका महिलालाई भारत लगिँदैछ ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?