करेन्ट लागेर एकजना मजदूरको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी २७ वर्षीय जीवन चौधरीको घर बनाउने क्रममा हाइटेन्सन लाइनको तारमा छोएर करेन्ट लाग्दा मृत्यु भएको हो ।

करेन्ट लागेर खस्ने बित्तिकै चौधरीलाई अस्पताल लगिए पनि बचाउन नसकिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक पुरान मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?