सरकार समर्थक एघार नागरिक सेना सदस्य मारिए

एजेन्सी । अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकू समूहले सरकार समर्थक नागरिक सेनामाथि गरेको आक्रमणमा परी एघार जना नागरिक सेना मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताउनुभएको छ ।

याङ्गी काला जिल्लाको करीम्बावाइ इलामा रहेको जाँच चौकी तालिबान लडाकू गरेको आक्रमणपछि भएको झडपमा परी ती नागरिक सेनाका सदस्यहरु मारिएका प्रवक्ता खालिल असिरले बताउनुभएको छ ।

यस झडपको क्रममा भएको दोहोरो गोली हानाहानमा परी कैयौ लडाकू मारिनुको साथै घाइते भएका बताइएको छ । तर मारिएका वा घाइते भएका लडाकू यकिन सङ्ख्या भने पुष्टि नभएको सरकारी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?