तलब नपाएको भन्दै मलेसियमा एक नेपालीद्वारा सुपरभाइजरको हत्या, सीसीटीभी फुटेजमा यस्तो देखियो

काठमाडौं । मलेसियमा कार्यरत एक नेपालीले तलब नदिएको भन्दै सुपरभाइजरको हत्या गरेका छन् ।

मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा हेल्मेटले हानेर सुपरभाइजरको हत्या गरेका हुन् ।

सोमबार दिउँसो भएको घटनामा ५४ वर्षीय ली पोह मेङ मारिएका छन्। उनको शव अपार्टमेन्टको शौचालयभित्र फेला परेको थियो । १ सेप्टेम्बरको बेलुकी ६ः१० बजेतिर पीडितलाई कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हानिएको सीसीटीभी फुटेजमा देखिएको छ ।

उक्त घटनामा प्रहरीले उनीसहित दुई नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ ।

सेक्युरिटी गार्डहरुले तलब नपाएपछि सुपराभइजरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घटनामा दुई नेपालीसहित तीन जनालाई पक्राउ गरिएको भनिए पनि पक्राउ पर्नेको नाम भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?