जब वडासचिवले मापसे गरेर सरकारी बाइक हाके…

काठमाडौं । मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको अवस्थामा वडासचिव पक्राउ परेका छन् ।

बगनासकाली गाउँपालिका वडा नम्बर ५ दर्लमडाँडाका वडासचिव मापसे गरी लु १ ब ९८२ नम्बरको सरकारी मोटरसाइकल चलाएर हिडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

वडासचिवलाई मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको अवस्थामा तानसेन ६ बर्तुङ्गबाट सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपेन्द्र जिसीले बताउनुभयो ।

एसपी जिसीका अनुसार वडासचिवलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?