सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं । सप्तरी, सिन्धुली, कपिलवस्तु, चितवन र जुम्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

सप्तरी, रुपनी गाउँपालिका–६ स्थित सडकमा बा.३ ख ८२८५ नम्बरको हाईसले बिआर ०७ एबि ४०९० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक छिनमस्ता गाउँपालिका–३ बस्ने ४० वर्षीय संतोष कुमार साहको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार छिनमस्ता गाउँपालिका–३ बस्ने २५ वर्षीय राहुल यादवको सोही अस्पतालमा उपचार भइरहेको रहेको छ । हाईस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

सिन्धुली, सुनकोशी गाउँपालिका–६ रातुडाँडास्थित सडकमा लु.४८ प ४६४५ नम्बरको मोटरसाइकल अनियन्त्रित सोमबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोलुखुम्बु घर भएका अन्दाजी ३० वर्षीय हाकिमराज राईको आत्मिय अस्पताल खाल्टेमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कपिलवस्तु, बाणगंगा नगरपालिका–३ सिउटिस्थित सडकमा लु.४९ प ४५०२ नम्बरको मोटरसाइकलले लु.४२ प ९७२४ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रकाश चौधरीको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका–१९ सौगात चोकस्थित सडकमा ना.३ च ९११९ नम्बरको बलेरो जिपले ना.४५ प ३४७ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही महानगरपालिका–१७ गाजिपुर बस्ने ४५ वर्षीय पाल्सिङ तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुम्ला, कनकासुन्दरी गाउँपालिका(४ रोकायवाडस्थित सडकमा भे.१ ज.७०६ नम्बरको जिपको ठक्करबाट मुगु सोरु गाउँपालिका–२ बस्ने १९ वर्षीय लोकजंग शाहीको सोमबार राति मृत्यु भएको छ । सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको उक्त जिप सडकमा फस्दा जिप निकाल्ने क्रममा शाहीलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?