पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयले छुट्यायो ६० लाख

काठमाडौं । पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको मानहुँकोटमा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा ६० लाख विनियोजन गरेको छ ।

धेरै पर्यटक भित्र्याउने उद्देश्यसहित वडा कार्यालयले मानहुँकोटलाई प्राथमिकतामा राखेको हो । त्यहाँको पर्यटन प्रवद्र्धनका लागि ४० लाख, मानहुँ पदमार्ग र आमा समूहको अधुरो भवन निर्माणका लागि १० लाख र भित्तामा मानहुँकोट ब्यासल्याण्ड लेख्न १० लाख विनियोजन गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसका लागि चापाघाटदेखि अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधन गुड्ने बाटोका साथै पैदल हिँडेर मानहुँसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर अलैचेसम्म पदमार्ग निर्माण गरिएको र त्यसलाई विस्तार गर्दै मानहुँसम्म पु-याइने लक्ष्य छ ।

सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा पर्दै आएको मानहुँकोटबाट दमौली बजार, अन्नपूर्णलगायत हिमशृङ्खलाका साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल देख्न सकिने भएकाले पछिल्लो समय यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?