बुवा-आमाले गाली गरेको झोकमा १४ वर्षीय किशोरले पासो लगाए

काठमाडौं । पर्सामा बुवाआमाले गाली गरेको निहुँमा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।

वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको झुण्डिएर आत्महत्या गरेका हुन् ।

आफ्नो छोरा झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ नारायणी अस्पताल पुर्‍याएका थिए । तर अस्पतालले १४ वर्षीय चौरसियालाई उनलाई मृत घोषणा गरे । प्रहरीका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनको शव पोष्टमार्टमपछि सोमबार साँझ नै प्रहरीले बुवा नविलाललाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?