हात्तीको आक्रमणमा परेका परिवारलाई राहत

काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ ।

कोशी गाउँपालिका-३ का अनमोल मुखियाको शनिबार हात्तीकोे आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो । गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत २५ हजार प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अगुवाइमा गएको टोलीले मृतक परिवारलाई राहत रकम हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

माछा मार्ने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गर्दा मुखियाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?