आज सुनको मूल्य कति छ ? हेर्नुहोस्

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ५ सयले बढेको छ । सोमबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको सुन ५ सयले बढेर ७२ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तीन दिनयता छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार ५ सयले बढेको हो ।

यस्तै चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी सोमबार भन्दा १० रुपैयाँले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?