सेयर कारोबार: नेप्से तथा कारोबार रकम दुवैमा सुधार

काठमाडौं, २० पुस । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकमको अभाव देखिन थालेपछि पछिल्ला दुई साता यता तिव्र उतारचढाब देखिएको सेयरबजारमा भने विहीबार नेप्से तथा कारोबार रकम दुवैमा सुधार भएको देखिएको छ । सरोकारवाला निकायहरु तरलता समस्या समाधान गर्न सक्रिय भएपछि सेयरबजार समेत सकारात्मक भएको हो विहीबारको सेयर कारोबारमा नेप्से तथा कारोबार रकम दुवैमा सुधार देखिएको छ । यसले लगानीकर्ताको मनोबल केही बढेको संकेत गरेको छ । नेप्से ७.२२ अंकले बढेर १४२३.८३ अंकमा पुगेकोे छ १५९ कम्पनीको कारोबार भएको बजारमा ५३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा ९ करोड बढी हो । विहीबार एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको कारोबारले कारोबार रकम उकास्न साथ दिएको हो बजार ७.२२ अंकले बढ्दा समग्र बजार पूँजीकरण १२ अर्बले बढेर १६ खर्ब ६० अर्ब कायम भएको छ । व्यापार, होटल र विकास बैंक बाहेक सबै समूहका सूचक उकालो लागेका छन् त्यस्तै, मल्टीपरपोज फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । फाइनान्सको सेयरमूल्य झण्डै दश प्रतिशतले उकालो लागेको छ । अपि पावर र छिमेक लघुवित्तको सेयरमूल्य पनि क्रमश ५ र ४ प्रतिशतले बढेको छ साथै, उच्च कारोबार भएको एशियन लाइफको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले घटेको छ । त्यस्तै सहयोगि विकास बैंक तथा नयाँ नेपाल लघुवित्त लगायतको सेयरमूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?