१० जेष्ठ २०७९, मंगलवार

सेयर कारोबारमा नेप्से तथा कारोबार रकम दुवैमा सुधार

२०७४,पुष,२०,बिहीवार १०:१३

0
Shares

काठमाडौं, २० पुस । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकमको अभाव देखिन थालेपछि पछिल्ला दुई साता यता तिव्र उतारचढाब देखिएको सेयरबजारमा भने विहीबार नेप्से तथा कारोबार रकम दुवैमा सुधार भएको देखिएको छ । सरोकारवाला निकायहरु तरलता समस्या समाधान गर्न सक्रिय भएपछि सेयरबजार समेत सकारात्मक भएको हो विहीबारको सेयर कारोबारमा नेप्से तथा कारोबार रकम दुवैमा सुधार देखिएको छ । यसले लगानीकर्ताको मनोबल केही बढेको संकेत गरेको छ । नेप्से ७.२२ अंकले बढेर १४२३.८३ अंकमा पुगेकोे छ १५९ कम्पनीको कारोबार भएको बजारमा ५३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा ९ करोड बढी हो । विहीबार एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको कारोबारले कारोबार रकम उकास्न साथ दिएको हो बजार ७.२२ अंकले बढ्दा समग्र बजार पूँजीकरण १२ अर्बले बढेर १६ खर्ब ६० अर्ब कायम भएको छ । व्यापार, होटल र विकास बैंक बाहेक सबै समूहका सूचक उकालो लागेका छन् त्यस्तै, मल्टीपरपोज फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । फाइनान्सको सेयरमूल्य झण्डै दश प्रतिशतले उकालो लागेको छ । अपि पावर र छिमेक लघुवित्तको सेयरमूल्य पनि क्रमश ५ र ४ प्रतिशतले बढेको छ साथै, उच्च कारोबार भएको एशियन लाइफको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले घटेको छ । त्यस्तै सहयोगि विकास बैंक तथा नयाँ नेपाल लघुवित्त लगायतको सेयरमूल्य घटेको छ ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार १०:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको कार्यकाल थप भएको छ । संचालक समितिको यही बैशाख

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाकोरुपमा मनाउन लागेको बैंकले आफ्नो

काठमाडौं। एनआईसी एसिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन्। बैंकको जेठ ८ को सञ्चालक समितिको बैंठकले

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३