११ फाल्गुन २०८०, शुक्रवार

एमालेसँग मधेशमा भोट माग्ने नैतिक आधार छैन : उपेन्द्र यादव

२०७४,भाद्र,२७,मंगलवार ०५:१२

0
Shares

जनकपुर, २७ भदौ ।संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका लागि कांग्रेस, माओवादी र एमाले उस्तै भएको बताएका छन् । तर, संविधान संशोधनको विपक्षमा भोट हालेको एमालेसँग भोट माग्ने नैतिक आधार समेत नभएको उनको दाबी छ । सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै फोरम अध्यक्ष यादवले भने, ‘संविधान संशोधन प्रस्तावको विपक्षमा भोट हालेर एमालेले गम्भीर भूल गरेको छ । उसले मधेशी जनतासँग भोट माग्ने नैतिक आधार नै गुमाएको छ ।’ उनले अगाडि थपे–एमाले मात्रै होइन । मधेशका लागि ठूला दलहरुले सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन् ।’ यादवले मधेशमा निर्वाचनप्रति ठूलो जनलहर छाएको बताए । आफ्नो पार्टीले संशोधनमा नदिई चुनावमा जोड दिएको भन्दै भने, ‘चुनावपछि संविधान सच्याइन्छ ।’

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार ०५:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक

जनकपुरधाम । जानकी मन्दिर परिसरमा प्रचार-प्रसारका लागि राखिएका ठूला ब्यानर हटाइएको छ । यूवाहरूको एक समूहले मन्दिर परिसरबाट मुख्यमन्त्री सरोज

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । आज (सोमबार) पाँचौ पटक मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

ताजा समाचार

एमालेले गर्यो संसद बैठक अवरुद्ध
 २०८०,फाल्गुन,११,शुक्रवार ११:४४
एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान
 २०८०,फाल्गुन,११,शुक्रवार ११:१८
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
 २०८०,फाल्गुन,११,शुक्रवार १०:३४
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
 २०८०,फाल्गुन,११,शुक्रवार १०:२५