‘म यस्तो गीत गाउँछु २’ को छायांकन शुरु

appharu
0
Shares

काठमाण्डौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को छायांकन शुरु भएको छ । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्रको सोमबार तिजको दिन बुढानिलकण्ठको मिराकी वेलनेस रिसोर्टबाट छायाँकन शुरु भएको हो ।

सिनेमामा अघिल्लो श्रृखंलामा अभिनय गरेका पल शाह र पूजा शर्माको मुख्य भूमिका रहनेछ । काठमाण्डौं र इलाममा छायाँकन हुने सिनेमालाई सौरभ लामाले छायांकन गर्नुहुनेछ ।

निर्देशक थापाकै कथा रहेको सिनेमा फागुन २३ गते रिलिज हुनेछ । शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको सिनेमामा शिवमकै संवाद रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?