‘म’ छायांकन शुरु

appharu
0
Shares

काठमाडौं । चलचित्र ‘म’ को छायांकन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको चलचित्रको छायांकन ललितपुरको गोदावरीबाट छायांकन सुरु गरिएको छ ।

चलचित्रका लागि पहिलो सट अभिनेत्री सरिता लामिछाने र नव नायक सन्जोग रसाईली दिएका थिए । चलचित्रमा बरिष्ठ कलाकार तथा पाइलट विजय लामा, रेवती क्षेत्री, कुसुम गुरुङ्ग, रेविका गुरुङ्ग, अनिल कंडेल, रामबाबु रेग्मी, सुन्दर धिताल, पवन भट्टराई लगायतको अभिनय रहनेछ ।

परिच्छेद सेनको निर्देशन रहने ‘म’ मा लामो समयदेखी चलचित्रका सम्पुर्ण विधामा अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?