‘लभ यु हमेशा’ को शीर्ष गीत (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । चलचित्र ‘लभ यु हमेशा’ को शीर्ष गीत सोमबार सार्वजनीक गरिएको छ ।

कार्तिक २२ गते प्रदर्शनमा आउँने चलचित्रको गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जनलाई देख्न सकिन्छ । यो चलचित्र छिमेकी मुलुक भारतमा पनि कार्तिक १५ (नोभेम्बर १) बाट प्रदर्शन हुने भएको छ ।

फिलिपिन्सको समुन्द्री तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामीछानेको रहेको छ ।

धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो । फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=XTR8mXcguhA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?