‘ग्लोकल टीन हिरो २०१९’ को उपाधि मोरङका फुँयाललाई

appharu
13
Shares

काठमाडौं । ‘वाईवाई ग्लोकल टीन हिरो २०१९’ को उपाधि मोरङका समीर फुयालले प्राप्त गर्नुभएको छ। ग्लोकल प्रालिले काठमाडौंमा गरेको उपाधि वितरण समारोहमा प्रतियोगिताका निर्णायकले फुयाललई उपाधिसहित ट्रफी हस्तान्तरण गरेका थिए ।

समीर वेबसाइट डेभलपर हुनुहुन्छ । प्रतियोगितामा विभिन्न क्षेत्रमा सक्रिय १९ वर्षभन्दा मुनिका ५९८ किशोरकिशोरीले आवेदन दिएका थिए ।

आयोजकले किशोर किशोरीमा भएका क्षमता पहिचान गरी उनीहरूलाई अझ सक्रिय भएर काम गर्न उत्पे्रेरणा दिन यो प्रतियोगिता गरिएको बताएको छ । यस प्रतियोगिताले समाजमा केही नयाँ गर्नका लागि किशोरहरूमा प्रेरणा प्रदान गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?