एभरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२० मा पुग्यो

appharu
0
Shares

काठमाण्डौं । ‘एभरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ सन् २०२० मा सरेको छ । हङकङमा चलिरहेको आन्दोलनका कारण अवार्डको लागि हल र मिति तय गरिएपनि स्थगित गर्नुपरेको आयोजक संस्था एभरेष्ट इन्टरटेन्मेन्टका प्रमुख लोकराज लिम्बुले जानकारी दिनुभयो ।

यसअघि यो अवार्ड सन् २०१९ मै गर्ने भनिएको थियो । अब, यो अवार्ड सन् २०२ मेको २४ तारिखमा आयोजना हुने आयोजकले जनाएको छ ।

अवार्डको जुरी संयोजक कलाकार सुनिल थापा तथा अन्य जुरी सदस्यहरुमा गौरीशंकर धुँजु, विजयरत्न तुलाधर, मनोज केसी रहेका छन् ।

सन् २०१८ र सन् २०१९ मा रिलिज भएका चलचित्रलाई समावेश गरेर २ बर्षको अवार्ड वितरण गर्ने तयारी आयोजकले गरेको छ । सन् २०१८ का विजेता नेपालमै घोषणा गरेर हङकङ लैजाने र सन् २०१९ का चलचित्रमध्ये उत्कृष्ट ३ विधामा पर्ने चलचित्रकर्मीलाई अवार्डमा सहभागी गराइने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?