दुई व्यक्ति मृत फेला

appharu
0
Shares


ओखलढुङ्गा । छुट्टाछुट्टै दुई स्थानमा सोमबार एक महिला र एक पुरुषको शव फेला परेका छन् । सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका ३७ वर्षीय सानोकाजी ठटालको शव ठोट्ने खोलामा भेटिएको हो । आइतबार साँझ गाई पु-याउन चिसङ्खुगढी गाउँपालिका–८ माम्खा हिँड्नुभएका ठटाललाई ठोट्ने खोलाले बगाएको थियो ।

खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका ठटाल आज ठोट्ने खोला पुल मुनी भेटिएको प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । ठटालसँगै बगाएको गाई घटनास्थलभन्दा करीब १०० मिटर तल पुगेर सकुशल बाहिर निस्किएको थियो । यसैबीच जिल्लाको चिसङ्खुगढी गाउँपालिका–२ पोखरेमा एक महिलाको शव फेला परेको छ ।

स्थानीय ६८ वर्षीय मङ्गलकुमारी श्रेष्ठ देविस्थान नजिकको भिरमा मृत अवस्थामा फेला पर्नुभएको हो । मानसिक सन्तुलन ठिक नभएकी श्रेष्ठ शनिबार बिहानदेखि घरबाट बेपत्ता हुनुभएको थियो । भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?