केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार भित्रैबाट मोटरसाइकल चोरी

appharu
0
Shares

काठमाडौं । सुन्दा अचम्म लाग्ला तर मुलुककै केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार भित्रैबाट दुईवटा मोटरसाइकल चोरी भएका छन् । ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयको पार्किङ क्षेत्रमा राखिएका २ वटा मोटरसाइकल चोरी भएका हुन् ।

ऊर्जा मन्त्रालयका अधिकारीका अनुसार बा २ ब ८३०२ नम्बरको सरकारी र ज ९ प ५९३९ नम्बरको निजी मोटरसाइकल भदौ १२ गते चोरी भएको बताएका छन् ।

महानगरी प्रहरी प्रभाग सिंहदरबारका डीएसपी कौशल बुढाथोकीले मोटरसाइकल चोरी भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

चोरी भएको स्थान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ५० मिटर नजिक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?