११ असार २०७९, शनिवार

एमालेसंग मधेशमा भोट माग्ने नैतिक आधार छैन : उपेन्द्र यादव

२०७४,भाद्र,२७,मंगलवार ०५:१२

0
Shares

जनकपुर, २७ भदौ ।संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका लागि कांग्रेस, माओवादी र एमाले उस्तै भएको बताएका छन् । तर, संविधान संशोधनको विपक्षमा भोट हालेको एमालेसँग भोट माग्ने नैतिक आधार समेत नभएको उनको दाबी छ । सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै फोरम अध्यक्ष यादवले भने, ‘संविधान संशोधन प्रस्तावको विपक्षमा भोट हालेर एमालेले गम्भीर भूल गरेको छ । उसले मधेशी जनतासँग भोट माग्ने नैतिक आधार नै गुमाएको छ ।’ उनले अगाडि थपे–एमाले मात्रै होइन । मधेशका लागि ठूला दलहरुले सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन् ।’ यादवले मधेशमा निर्वाचनप्रति ठूलो जनलहर छाएको बताए । आफ्नो पार्टीले संशोधनमा नदिई चुनावमा जोड दिएको भन्दै भने, ‘चुनावपछि संविधान सच्याइन्छ ।’

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार ०५:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनुषा । जनकपुरधाम उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेकी छन् ।  उपमहानगरले आर्थिक वर्ष ०७९/०८० का

महोत्तरी । ‘चुनावको धेरै पाटो हुन्छ, सबै पार्टी एकातिर भएर माओवादी हराउन लागेपछि मतपरिणाम प्रतिकुल आइइाल्छ नि,’ यो भनाइ हो

पर्सा । वीरगञ्ज महानगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट 

बारा । निजगढ सार्वजनिक सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बाराका स्थानीय तहका प्रमुखहरूसँग विशेष प्रस्ताव पास गर्न आग्रह

ताजा समाचार

आजको मौसम : हल्कादेखि मध्यम वर्षा
 २०७९,असार,११,शनिवार ०८:४१
बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६