गाई हत्यामा संलग्न भएको दाबी गर्दै नेपालगंजका मेयरलाई तत्काल कारबाही गर्न माग

appharu
0
Shares

काठमाडौं । नेपाल भेटेरीनरी एशोसिएशनले गाई हत्यामा संलग्न रहेको दावी गर्दै नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणालाई तत्काल कार्वाही गर्न माग गरेको छ ।
एशोसिएशनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले पशु हत्या गर्नेमाथि ३ वर्षसम्म कैद सजायसमेतको व्यवस्था कानुनमै उल्लेख गरिएको भन्दै सो हत्यामा संलग्न मेयर राणालाई कडा कानुनी कार्वाही गर्न माग गर्नु भएको हो ।

सोमबार काठमाडौंमा काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले सुर्खेतमा गरिएको सो गाई हत्यामा संलग्न अन्यको पनि पहिचान गरी कडा कार्वाही गर्न सरकारलाई सचेत गराउनु भयो । अध्यक्ष श्रेष्ठले सो घटनामा संलग्नमाथि तत्काल कार्वाही नगरे सरकारविरुद्ध नै आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनु भयो । त्यसैगरी एशोसिएशनले खोटाङको दिक्तेल बजारमा कुकुरको हत्या गरिएको भन्दै सो हत्यामा संलग्नमाथि पनि तत्काल कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाल विश्व पशु स्वास्थ्य संगठनको पनि सदस्य राष्ट्र भएकाले कुनै पनि पशुमाथि कुटपीट गर्न समेत नपाउने एशोसिएशनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?