उपनिर्वाचनका लागि दल दर्ता आह्वान (विज्ञप्तीसहित )

appharu
0
Shares


निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो ।

आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ ।

आयोगका अनुसार, ०७४ को निर्वाचनमा सहभागी नभएका नयाँ दलका लागि मात्र दल दर्ता आह्वान गरिएको हो । यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्दैन ।

प्रेस विज्ञप्ति
मिति : २०७६/५/१६
काठमाण्डौ, भदौ १६ ।

निर्वाचन आयोगले २०७६ मङ्सिर १४ गते हुने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको उपनिर्वाचनको सन्दर्भमा भइरहेको तयारी सम्बन्धित सबैको लागि जानकारी गराइएको छ ।
१. नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका वा सोही ऐनको दफा १० बमोजिम एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलहरुलाई नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम २०७६ भाद्र मसान्तसम्म यस आयोगमा दल दर्ता हुन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निवेदन दिनुहुन सूचना प्रकाशन भएको छ ।
तर सम्वत २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य वा स्थानीय तह सदस्य निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएका राजनीतिक दलले यो उपनिर्वाचन प्रयोजनको लागि पुनः दर्ता हुनु पर्ने छैन ।

दल दर्ताको लागि निवेदन दिँदा खुलाउनु पर्ने विवरणः

क. दलसम्बन्धी विवरण (राजनीतिक दलको नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, दलको पछिल्लो महाधिवेशन सम्पन्न भएको मिति र स्थान, केन्द्रीय कार्यालय रहेको ठेगाना, टेलिफोन, इमेल ठेगाना र वेबसाइट)
ख. दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा सदस्यको सङ्ख्या,
ग. आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति,
घ. दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको निर्वाचन भएको भए पछिल्लो निर्वाचन भएको मिति,
ङ. भाग लिन चाहेको उपनिर्वाचनको नाम (प्रतिनिधि सभा सदस्य÷प्रदेश सभा सदस्य स्थानीय तह सदस्य)
च. यसभन्दा अघिको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्हको सट्टा अर्को निर्वाचन चिन्ह लिन चाहने दलले आपूmले लिन चाहेको कुनै तीनवटा निर्वाचन चिन्ह (प्राथमिकता क्रमअनुसार),
छ. राजनीतिक दलको संगठनात्मक स्वरुप (केन्द्रीयस्तर र प्रदेशस्तर छ÷छैन)

दल दर्ताको निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरुः
क. दलको विधान, नियमावली, घोषणापत्र, निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रति,
ख. निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि,
ग. आ.व. २०७४/७५ सम्मको वार्षिक लेखापरीक्षण प्रतिवेदन, तर
१. आर्थिक वर्ष २०७४/७५ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरणसमेत देखिने गरी तयार गरिएको वार्षिक लेखापरीक्षण प्रतिवेदन,
२. आर्थिक वर्ष २०७५/७६ मा एकीकरण भई वा गाभिई नयाँ काम भएका दलले आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन,
घ. दलको प्रमुख पदाधिकारी बाहेक अधिकार प्राप्त व्यक्तिले निवेदन दिने भएमा प्रमुख पदाधिकारीले दिएको त्यस्तो अधिकारपत्र ।
२. मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) बमोजिम निर्वाचन आयोगको निर्णयानुसार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उपनिर्वाचन घोषणा भएको मिति २०७६।०४।१६ (भोजपुर जिल्ला पौवादुङमा गाउँपालिका १ को हकमा २०७६।०५।०४) गते सम्म मतदाता नामावलीमा नाम दर्ता भई सोही मितिसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताहरुलाई आगामी उपनिर्वाचनको मतदाता नामावलीमा नाम समावेश गरी मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
३. उपनिर्वाचनको मिति घोषणा भएको मितिसम्म सङ्कलित मतदाता नामावली विवरण सम्बन्धित जिल्लाहरुबाट प्राप्त गरी आयोगमा डाटा एकीकरण, प्रशोधन पछि दोहोरिएको नाम रुजु गर्ने कार्य भइरहेको छ ।
४. दोहोरिएको नाम रुजु कार्य पश्चात मतदाता नामावली विवरणलाई मतदाता नामावली ऐन, २०७३ बमोजिम कानूनी प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली तयार गर्न सम्बन्धित जिल्ला मार्फत उपनिर्वाचन हुने निर्वाचन क्षेत्रका वडा तहसम्म दाबी विरोधको कार्यक्रम सञ्चालनको तयारी समेत भइरहेको छ ।
५. उपनिर्वाचनको मिति घोषणा भएको दिनसम्मको मात्र अन्तिम मतदाता नामावलीमा नाम समावेश हुने भएकोले सो मिति पश्चात १८ वर्ष उमेर पूरा भएका, नाम दर्ता गरेका वा नाम सार्नको लागि निवेदन दिएका मतदाताहरुको नाम यो उपनिर्वाचन प्रयोजनका लागि तयार गरिने अन्तिम मतदाता नामावलीमा समावेश नहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ ‘।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?