काठमाडौं बाहिर बसेको नयाँ शक्तिको बैठकको यस्तो आयो निर्णय

काठमाडौं, २० पुस । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठक सम्पन्न भएको छ । कास्कीको माछापुच्छे गाउँपालिकास्थित ल्वाङ होमस्टेमा दुई दिनसम्म चलेको बैठकले स्थापनादेखि आजसम्म पार्टीले प्राप्त गरेका सकारात्मक उपलब्धीको रक्षा गर्दै सशक्त वैकल्पिक राजनीतिक शक्तिको रुपमा पार्टीलाई विकास र विस्तार गर्ने निर्णय गरेको छ बैठकपछि जारी डा. भट्टराईद्वारा गरिएको विज्ञप्तिमा सम्पन्न निर्वाचनमा अपेक्षकृत नतिजा ल्यान नसक्नुमा पार्टीको नीतिलाई जनतासम्म पुर्याउन नसक्नु भएको निष्कर्ष निकालिएको छ विज्ञप्तिमा भनिएको छ– निर्वाचनमा नयाँ शक्ति पार्टीले अपेक्षाकृत जनमत प्राप्त गर्न नसक्नुको मुख्य कारण पार्टीले तर्जुमा गरेको नीतिलाई जनमानसमा प्रभावकारी रुपले पु¥याई त्यसप्रति आकर्षित गराउन नसक्नु तथा देश र जनताका लागि सकारात्मक उपलब्धी प्राप्त गर्ने उद्देश्य खातिर विभिन्न शक्तिसँग ध्रुवीकरण, गठबन्धन र तालमेल आदिमा अनेक प्रकारले लाग्नु र त्यसबाट पछि उत्पन्न भ्रमलाई चिर्न नसक्नु हो भन्ने बैठकले ठहर गरेको छ ।’बैठकले संविधानसभाबाट जारी गरिएको संविधानमा मधेशी, थारु, आदिवासी जनजाति, दलित लगायत विविध समुदायको कतिपय असन्तुष्टी कायमै रहेको भन्दै तीनलाई सम्बोधन गर्ने गरी संविधानमा आवश्यक संशोधन गर्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?