स्तनले चित्र कोर्दै यी महिला

एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् ।

अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् ।

नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेढ वर्ष उनले अभियान कक्षा लिन सुरु गरिन् । त्यस क्रममा उनले आफू भित्र लुकेको एउटा प्रतिभा चिनिन् ।

नदियाका अनुसार कलाकारिता कोर्सले उनलाई आफूलाई धेरै नियन्त्रण नगर्ने र आफू भित्रको संवेदनासँग साक्षात्कार गर्न सिकायो । सँगसँगै उनले आफ्नो शरीरको प्रयोग चित्रकारितामा पनि गर्न सिकिन् ।

अध्ययनको क्रममा उनको शिक्षकले उनलाई असाइनमेन्ट स्वरुप स्तनले चित्र बनाएर त्यसलाई बेच्ने काम दिएका थिए । उनले त्यो असाइनमेन्ट पूरा गरिन् । तर त्यस यता उनले सो कामलाई पेसा नै बनाएकी छिन् ।

नाडियाले स्तनद्वारा बनाएको चित्र । तस्वीरः गुगल
नाडियाले स्तनद्वारा बनाएको चित्र । तस्वीरः गुगल
नाडियाले स्तनद्वारा बनाएको चित्र । तस्वीरः गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?