आफू ठीक रहेको प्रधानमन्त्री ओलीको भनाई, शुक्रबार स्वदेश फर्किने

काठमाडौं । सिंगापुरमा स्वास्थ्य उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आगामी शुक्रबार स्वदेश फर्किनुहुनेभएको छ । नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर ओलीले आफू ठीक रहेको सन्देश प्रवाह गरिदिन आग्रह गर्दै शुक्रबार स्वदेश फर्किने जानकारी दिनुभएको हो ।

भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एन्टिबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?