गज्जबको गीत ‘प्रियसी आई लभ यू’ सार्वजनिक

काठमाडौं, २० पुस । शिव राजा र बिष्णु बुढथोकीको आवाजमा रहेको गज्जबको गीत ‘प्रियसी आई लभ यू’ सार्वजनिक गरिएको छ बिहिबार सार्वजनिक गरिएको गीतमा प्रेम र प्रेमिल जोडीहरुको भावलाई देखाइएको छ शिवराजाकै शब्दरचनामा बनेको गीतमा चेतन राज कार्कीको संगीत रहेको छ राजधानीका विभिन्न स्थानहरुमा छायांकन गरिएको गीतको भिडियो एकदमै सुन्दर बनेको छ । प्रविण भट्टको निर्देशनमा बनेको गीतको भिडियोमा सरोज दहाल र सिर्जना श्रेत्रीको अभिनय रहेको छ गोकुल अधिकारीको छायांकन रहेको ‘आई लभ यू’ बोलको गीतलाई निर्देशक भट्टले नै सम्पादन गरेका छन् । युवा पुस्ताको कथावस्तु समेटिएको गीतलाई दर्शकहरुले रुचाउनेमा गीतको निर्माण पक्ष विश्वस्थ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?