आज सुनको मुल्य यस्तो छ

काठमाडौँ । पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज स्थिर रहेको छ | आज सुन प्रतितोला ७२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढिरहेको कारण नेपाली बजारमा पनि त्यसको प्राभाव परेको छ ।

चीन–अमेरिका व्यापार टकराव तथा इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्यमा उतारचढाव देखिएपछि खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?