१० जेष्ठ २०७९, मंगलवार

मुम्बइमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु

२०७४,पुष,२०,बिहीवार ०८:५०

0
Shares

 

मुम्बई, २० पुस । मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ । भारतको आर्थिक राजधानी सहर मुम्बइमा भएको यो तेस्रो भीषण आगलागी हो । यस आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ बर्षका दुई जना बालबालिका रहेका जनाइएको छ मुम्बइको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा बिहीबार बिहानीपख आगोलागेको थियो । सो तल्लामा रहेको परिवारका सदस्यको सो आगालागीमा परी ज्यान गएको हो यस आगलागीमा परेर घाइते भएका पाँच व्यक्तिको अस्पतालमा उपचार भइरहेको मुम्बइको प्रकोप व्यवस्थापन विभागका एकजना प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् मुम्बइमा गत डिसेम्बर २९ मा पनि बजार र रेष्टुरेन्टमा भएको लागलागीमा परी १४ व्यक्तिको मृत्यु भएको थियो ।

मुम्बइमा अवस्थित एक मिठाई पसलमा भवन भत्किएर सुतिरहेका १२ जना कामदारको मृत्यु भएको एक हप्तापछि पुनः यो भीषण आगलागीको घटना भएको छ ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०८:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्याको प्रयासबाट बच्न सफल भएको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् । रुस–युक्रेन

काठमाडौं । महामारी प्रतिबन्धको सहजतापछि सन् २०२१ मा विश्वव्यापी मृत्युदण्डमा ‘चिन्ताजनक वृद्धि’ भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । इरानमा सन्

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन्

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३